१४ फागुन, काठमाण्डौं । सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१४ स्थित योन्जन टोल बस्ने शमसेर तामाङको श्रीमती ५५ वर्षीय मुसङमाया तामाङको मृत्यु फागुन १२ गते भएको थियो । भीरबाट लडी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
मुसङमाया तामाङ भिर बाट लडी घाईते भई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको खबर पूहरी समक्ष पुग्यो । यो खबर पाउना साथ तत्काल घटनास्थलमा प्रहरी टोली खटिगएको थियो । तामाङको लास अहिले प्रदेशिक अस्पताल मलंगवामा रहेको जानकारी सुचना अधिकृत जिल्ला प्रहरी कार्यालय सर्लाही ले दियो।



