Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

६ असोज , काठमाडौँ । कैलालीमा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरि एक महिलाको हत्या भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका ५ अण्डैयामा आज बिहान शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ। ललितामाथि धारिलो हतियार प्रहार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले बताए ।

यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन्। मगरकी १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन्। घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ। विजयलाई सामान्य चोटपटक लागेको छ।

घटनापछि शेरबहादुर फरार भएका थिए। फरार उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै