काठमाडाैं – नेपाल प्रहरीका ३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए । 
सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको हो । शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् ।


