Comments Add Comment

Advertisment

SKIP THIS

नागरिकको संवेदनशील विषयमा प्रहार भयो : गृहमन्त्री खाण

१० असोज , काठमाडौँ । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले नागरिकको पहिचानसंग जोडिएको नागरिकता जस्तो संवेदनशील विषयमा प्रहार भएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले नागरिकको जीवन र मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा राेकिन नहुने बताएका छन् । ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने ।

गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेको बताए ।

‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नु पर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौ । देशका अन्य राजनितिक शक्तिहरु पनि प्रतिबद्ध हुनु पर्छ यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो ।’

दुई पटक दवै संसदबाट पास भएको नगरिकता विधेयक राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणिकरण नगरेर आधारशीलालाई भत्काउने कोशिश गरेको उनको भनाई छ । ‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ,’ गृहमन्त्री खाणले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै