Comments Add Comment

Advertisment

SKIP THIS

शारीरिक रुपमा अशक्त युवतीमाथि बलात्कार गर्ने एकजना पक्राउ

११ असोज , काठमाडौँ । मोरङको लेटाङमा शारीरिक रूपमा अशक्त युवतीमाथि बलात्कार गर्ने एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राई पक्राउ परेका हुन् । पीडकले आफ्नै खेतमा रहेको टहरोमा लगेर ती युवतीलाई गत शनिबार राति बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार ती पीडित युवतीको दुवै खुट्टा चल्दैन । उनको बोली पनि छैन । परिवारले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै