
११ असोज ,काठमाडौ । आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ ।

सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६।३३ को बिन्दुमा पुगेको छ ।

यसदिन २२७ कम्पनीका १,०७,४८,०६८ कित्ता शेयर किनबेच हुँदा ५,१२,०९,७३,०९६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ ।






