Comments Add Comment

Advertisment

SKIP THIS

जोमसोम-लोमान्थाङ सडक अवरुद्ध

२२ असोज , काठमाडौ । जोमसोम-मुक्तिनाथ-लोमान्थाङ सडक अवरुद्ध भएको छ । उक्त सडकमा शुक्रबार बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् ।

बिहीबार राति परेको अविरल वर्षाले उक्त सडकखण्डको पाण्डाखोला, पाक्लिङ पुलको सडक र कागबेनी माथि काभ्रेभीरलगायतका दर्जनौं स्थानको सडकमा क्षति पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पर्यटक पैदल हिँड्न बाध्य छन् । गाउँपालिकाले सन्त निर्माण सेवाको डोजर भाडामा लिएर सडक मर्मत सुरु गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

वर्षा रोकिएमा शनिबारसम्म सडक सूचारु गर्ने गरी काम अघि बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पहिरोको कारण सडक अवरुद्ध

पहिरोका कारण सडक अवरुद्ध

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

Advertisment

छुटाउनुभयो कि? सबै

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध