२२ असोज , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेर गोरखा-२ मा जाने भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दुस्ख व्यक्त गरेकी छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस लेख्दै दाहालले आफू स्तब्ध बनेको उल्लेख गरेकी हुन् । उनीले केही व्यक्तिहरुलाई संकेत गर्दै उक्त स्टाटस पोस्टाएकी छिन् ।
रेणुले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन् –
‘दु: खद्, चितवनवासीका लागि दुर्भाग्य । स्तब्ध । भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ ।’



