Comments Add Comment

Advertisment

SKIP THIS

हराएका युवकको शव विराटनगरको एक गेष्टहाउसमा भेटियो

२९ असोज , काठमाडौं । सिराहा जिल्लाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ ।

विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए। सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।

असोज २६ गते गेष्टहाउसमा प्रवेश भएको दखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशङ्का व्यक्त गरे । प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै