Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको नगद १३ लाखसहित पक्राउ

३० असोज , काठमाडौँ । कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै