Comments Add Comment

Advertisment

SKIP THIS

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ को मृत्यु

३० असोज , काठमाडौँ । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा १ हजार १११ जना डेँगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबीस घण्टामा डेँगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेँगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेँगुका बिरामी भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै