Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी दिवसको अवसरमा डिआईजी किरण बज्राचार्यद्वारा उत्कृष्ट प्रहरीहरूलाई पुरस्कार प्रदान

बागमती प्रदेश प्रमुख डिआईजी किरण बज्राचार्यले ६७औं प्रहरी दिवस २०७९ को अवसरमा सोमबार बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नु भएको छ् ।                                                                           

डिआईजी बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ६७ औं प्रहरी दिवस २०७९ विशेष दिवा कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित सम्मान गर्नुको साथै प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्रसहित पुरस्कृत गरिएको छ ।                                                                         

बागमती प्रदेश प्रहरी कार्यालय लगायत मातहतमा कार्यरत १७ जना प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित तथा ९ जना प्रहरी कर्मचारीहरूलाई नगदद्वारा पुरस्कृत गरिएको हो । पुरस्कार वितरण कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले अब सम्पूर्ण जनशक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।                                                                                 

डिआईजी बज्राचार्यले प्रहरी पोसाक लगाएको प्रहरी सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सबै नागरिकहरूलाई समान रूपले व्यवहार गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।                                                                       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै