Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

३ कार्तिक , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप ५१ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ७ सय २७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै