Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै, १ लाख ७२ हजार बढीले टिपाए नाम

४ कात्तिक , काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन् । उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन् ।

बुधबार अपराह्नसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएकोमा बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ ।

“मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,” ओलीले आफ्नो फेसबुक पेजमा बिहीबार लेखेका छन्, “धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि ? यो उत्साहपूर्ण सहभागिताले खुसी छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै