Comments Add Comment

Advertisment

SKIP THIS

गजलकार सुरेश वाग्लेको ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक

१५ असोज ,काठमाडौ । गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक भएको छ ।

उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । वाग्लेले यो गजललाई २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।

यही गीत गाएर २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम भएका थिए ।

गजलको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ । भिडियोमा निकेश खड्काको निर्देशन छ ।

नेपाली वेबसाइटको अफिसियल युट्युबबाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै