Comments Add Comment

Advertisment

SKIP THIS

सडक सुरक्षामा बाँके ट्राफिक प्रहरीको सक्रियता ट्राफिक प्रमुख : हिमालय शाह

७ कार्तिक , काठमाडौं । पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न बाँके जिल्ला यसको ट्राफिक प्रहरीले चौबिसै घन्टा सडकमा खटिएको हो ।

No description available.

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु अघि सारेको छ।

No description available.

बाँकेमा सवारी दुर्घटना बढे पछी र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ।

सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

No description available.

उनले भने अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने वैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो।

जिल्ला भित्र र बाहिर जाने यातायातका धनी चालक तथा सहचालकहरूलाई सचेतना, साइकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर बाँके ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले बताए ।

No description available.

जाडोमा बाक्लो हुस्सु,मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अध्यधिक दुर्घटना बढेको बाँके जिल्ला ट्राफिक प्रमुख निरीक्षक हिमालय शाहले बताए ।

पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने बसको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांक छ ।

No description available.

ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट परमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै