Comments Add Comment

Advertisment

SKIP THIS

भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

१० कार्तिक , काठमाडौ । हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गर्नु परेको जनाएको हो ।

भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको प्रकाशनले जनाएको छ ।

दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्‍यालीको क्रममा आज हिंसा भड्किएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै