Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

१४ कार्तिक , काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ८० रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment