Comments Add Comment

Advertisment

SKIP THIS

यु १७ विश्वकपको उपाधि स्पेनलाई

१४ कार्तिक , काठमाडौँ । स्पेनले कोलम्बियालाई १–० ले हराउँदै यु –१७ महिला विश्वकपको उपाधि जितेको छ ।

भारतको मुम्बईस्थित पाटिल रंगशालामा सम्पन्न फाइनलमा कोलम्बियाका एना गुज्मनबाट ८२ औं मिनेटमा भएको आत्मघाती गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

जितसँगै स्पेन प्रतियोगिताको उपाधि रक्षा गर्ने पहिलो टिम बन्यो । स्पेनले सन् २०१८ को संस्करणमा पनि प्रतियोगिताको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै