Comments Add Comment

Advertisment

SKIP THIS

भारतद्धारा निर्वाचनका लागि नेपाल सरकारलाई २ सय सवारी साधन प्रदान

१५ कार्तिक , काठमाडौं । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरुप सवारी साधन प्रदान गरेको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २ सयवटा सवारीसाधन उपहारस्वरुप हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सवारीसाधनले आसन्न निर्वाचनलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने भारतीय दुतावासले जनाएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधन लगायत विकास साझेदारका रुपमा नेपाललाई निरन्तर सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए ।

निर्वाचनले लोकतन्त्रलाई सुदृढका साथै आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चूनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।। आगामी दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग हुने उनको भनाइ थियो ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन चुनावका दौरान प्रयोग गरिने छ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दुतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै