Comments Add Comment

Advertisment

SKIP THIS

बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

१७ कार्तिक , काठमाडौं । स्कुलबाट घर फर्किने क्रममा काठमाडौँमा दुर्घटनामा परेका एक विद्यार्थीको मृत्यु भएको छ ।

बुधबार दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाडौँनयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारमा क्रममा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment