Comments Add Comment

Advertisment

SKIP THIS

“एसएसपी” जनक भट्टराई एक्सनमा बढी भाडा लिने भाडाबसलाई कारबाही

१८ असोज , काठमाडौ । एसएसपी जनक भट्टराई आफै सडकमा अनुगमन गदै बढी भाडा लिने यात्रुबसलाई जरिवाना सहित कारबाही गरेका छन् ।

चार्ड पर्व लाई लक्षित गरेर यात्रायात व्यवथापन समितिले तोकेको भन्दा बढी भाडा लिन यात्रुबसलाई कारबाही गेका छन् ।

काठमाडौं उपत्यका भित्र चल्ने सवारी साधनले आफूखुसी भाडादर तोक्न थालेका छन् ।

सार्वजनिक यातायात व्यवसायी केन्द्रिय महासंघले एक सुचना निकाल्दै मनोमानी र अनाधिकृत रुपमा भाडा बढाउन उपत्यकाका यातायात व्यवसायीलाई उक्कासाएको पाईएको छ। पछिल्लो समय १४ रुपैयाँ पर्ने गाडीभाडा २० रुपैयाँ र २० रुपैयाँ पर्ने गाडी भाडा बढाएर ३० रुपैयाँसम्म पुर्याएका छन् ।

यात्रुले सोधीखोजी गरेमा देखाउनलाई बढेको भाडाको नक्कली सूची समेत सवारीमा राख्दै आएका छन् । यसरी अनाधिकृत रुपमा भाडा तोकेर यात्रु ठगेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ ।

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ ।

आइतबार ५४ वटा बसलाई जरिवाना गरिएको थियो , सोमबार पिक आवरमा चावहिल, ग्वार्को, महाराजगञ्ज, एयरपोर्ट, बालाजु बसपार्क र सीतापाइलामा व्यवसायी आफैंले ५१८ वटा गाडी ‘होल्ड’ मा राखेका हुन् । चालकले गाडी सडक किनारामा राखेर बसेपछि चाबहिलमा यात्रुहरु अवरोधमा उत्रिएका छन् । यात्रु र चालकको बीचमा झडपको अवस्था आएपछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

चालकहरू गाडी साइड लाएर बसिरहेका छन्’ एसपी जनक भट्टराईले भने– ‘आफुखुशी भाडा लिनेलाई हामी कारबाही गर्छौ ।’ यातायात व्यवस्था विभागमा सरकार र व्यवसायीको बीचमा वार्ता जारी छ । व्यवसायी आफैंले भाडा वृद्धि गरेर १५ रुपैयाँ लिँदै आएको रुटमा २० रुपैयाँ, २० रुपैयाँ लिँदै आएको रुटमा २८ रुपैयाँ र यसअघि २५ लिने गरेको रुटमा ३५ रुपैयाँ निर्धारण गरेपछि ट्राफिक प्रहरी महाशाखाले जरिवाना गर्न थालेको थियो ।

जनगुनासोलाई तत्काल सम्बोधन गर्दै दुई दिनमा ११९ वटा सवारीलाई कारबाही गरिसकेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment