Comments Add Comment

Advertisment

SKIP THIS

विदेशी पर्यटकको आगमनमा ७१.९० प्रतिशतले वृद्धि

१९ कार्तिक , काठमाडौँ । विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले बढेको छ। विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

हवाई माध्यमबाट मात्रै नेपाल भित्रिनेको यो सङ्ख्या यो वर्षकै सबैभन्दा अधिक हो। सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। सन् २०२२ को प्रारम्भबाटै पर्यटन आगमनमा सुधार देखिन थालेको हो । यस वर्षको जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४ र सेप्टेम्बरमा ५८ हजार ३१४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अक्टोबरमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन्। भारतबाट मात्रै १६ हजार ९१० पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । दोस्रोमा अमेरिकाबाट ११ हजार ८५९ जना पर्यटक नेपाल भित्रिएका विभागको तथ्याङ्कले देखाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै