काठमाडौं , वैदेशिक रोजगारीमा राम्रो काम र कमाईको प्रलोभनमा नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र तेस्रो मुलुकको बाटो हुर्दै जोखिमपुर्ण यात्रा गर्न नेपाली श्रमिकहरु बाध्य रहेका छन । ओमान , दुवई , साउदी लगायतका क्षेत्रमा भिजिट भिसामा १ बर्षको अवधीमा ६० हजारको हाराहारीमा वैदेशिक रोजगारीमा युवा युवती गएको सरकारी तथ्याङक भएपनी उनीहरुको अवस्थाको विषयमा वैदेशिक रोजगार विभाग वेखवर बनेको छ । युएई लगायतका खाडि मुलुकमा भिजिट भिसामार्फत कामदार पठाउनको लागी गिरोह नै लागी पर्दा समेत सरकार ले कानमा तेल हालेर बसेको अवस्था रहेको छ ।

नेपाल प्रहरीबाट प्रकाशित तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनी वैदेशिक रोजगारीका नाममा ठगी तथा तस्करीका घटना पछिल्लो समयमा तिन गुना सम्म बढेको प्रहरी ले बताएको छ । विमान स्थल प्रशासन , वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीको मिलेमतोमा नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट दैनिक ४००को हाराहारीमा तस्करी हुने गरेको छ । 
मानव तस्करीमा संलग्न माथि नेपाल प्रहरीले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरुलाई कारबाही प्रकृया बढाइरहेका भएपनी मानव तस्करी नियन्त्रण गर्न कठिन भएको प्रहरीको उच्च स्रोतले बताउछ । मानव तस्करी नियन्त्रणमा वैदेशिक रोजगार विभागले मात्र नभएर सम्बन्धित सबै संयन्त्रले सक्रिय रुपमा काम गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु पनि सचेत नभएको कारणले अधिकाश नेपाली युवा युवती विदेशमा नारकिय जिवन जिउन वाध्य रहेका छन । यसमा मानव वेचविखन व्युरोले कडाई गरेपनी अध्यागमनको मिलेमतोमा मानव तस्कर भैरहेको छ । 
वैदेशिक रोजगारीका प्रकृयाहरु एकद्वार प्रणालीमार्फत नभएको कारणले पनी कतिपय कारणले रोजगारीमा जाने व्याक्तिले समस्या भोग्दै आएका छन । रोजगारदाता कम्पनी तथा एजेन्टले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई गैरकानूनी प्रभावमा पारी सोचेभन्दा धेरै तलब तथा सुविधाको आश्वासन देखाएर वैंदेशिक रोजगारीमा पठाएका हुन्छन् । वैदेशिक रोजागारीमा रहेको व्यक्तिहरुका पासपोर्ट आफ्नो नियन्त्रणमा लिने र वैदेशिक रोजगारीमा नजाने भनी भनेका कामदारहरुको पासपोर्ट जफत गर्ने धम्की दिएका कारणबाट समेत यस्ता व्यक्तिहरु मानव बेचबिखनको शिकार भइरहेका छन् ।
धेरै महिलाहरू वैदेशिक रोजगारीमा अवैध बाटो हुँदै एजेन्टमार्फत जाँदा यौन शोषण र आर्थिक ठगिमा पर्ने गरेको पाइन्छ ।
यसैगरी, गत वर्ष एजेन्टमार्फत वैदेशिक रोजगारीमा हिँडेका १ सय ६० जना महिलालाई नेपाल सरकारले भारतका विभिन्न शहरबाट उद्धार गरेको थियो । उनीहरूलाई एजेन्टले भारतहुँदै रोजगारीका लागि खाडीका देश लैजाने क्रममा भारतीय प्रहरीले पक्राउ गरेको गरि नेपाल प्रहरीलाई बुझाएको थियो । ती महिलाहरूले पनि यौनसँगै आर्थिक शोषणमा परेको प्रहरीलाई बयान दिएका थिए ।
नेपालका ८६ प्रतिशत महिला रोजगारीका नाममा मानव तस्करको फन्दामा पर्ने गरेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सहकर्मी समूह नेपाल (एटवीन)ले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा डलर तस्करहरूले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई प्रयोग गरेर डलर तस्करी गर्ने गरेका छन् । विमानस्थलको सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूका अनुसार तस्करहरूले कामदारलाई विदेश जाने बेलामा डलर बोकाएर पठाउने गरेका छन् ।
भिजिट भिसामा जानेले कम्तिमा ५ सय डलरदेखि १ हजार डलरसम्म लैजान पाउने व्यवस्था छ । त्यस्तै वैदेशिक रोजगारीमा जानेले पनि अधिकतम १ हजार डलरसम्म लैजान पाउँछन् । त्यसैको फाइदा उठाएर विदेश जाने कामदारमार्फत डलर तस्करी हुने गरेको एक सुरक्षा अधिकारीले बताए ।
कानूनले १ हजार डलर लान पाउने व्यवस्था गरेको छ, त्यसकारण हामीले कारवाहीको दायरामा ल्याउन पनि समस्या छ,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘दैनिक ५/६ हजारको संख्यामा वैदेशिक रोजगारीमा जान्छन्, त्यसको आधा व्यक्तिले डलर लिएर जाँदा कति लान्छन्, आफैं हिसाब गर्नुस् ।’
अवैध ढंगले भिजिट भिसामा जानेहरूको लिस्ट पहिले नै अध्यागमनका कर्मचारीको हातहातमा पुग्ने गरेको र वास्तविक भिजिट भिसामा जानेलाई मात्र केरकार गरिने गरेको गुनासो छ ।
यसरी बाहिरिने डलर सुन तस्करीसहितका अवैध काममा खर्च हुने गरेको प्रहरीको निष्कर्ष छ ।
भिजिट भिसामा जानेसँग असुल्छन् ३ लाखसम्म
भिजिट भिसामा जानेसँग म्यानपावर कम्पनी र ट्राभल एजेन्सीले २ लाख ५० हजारदेखि ३ लाखसम्म असुल्ने गरेका छन् । स्रोतका अनुसार उनीहरूले नेपालबाट सबै प्रक्रिया पूरा गरेर अध्यागमनसँगको सेटिङ र हवाई जहाज टिकटका लागि ३ लाखसम्म लिने गरेका छन् ।
भिजिट भिसामा जानेले आफैँ अप्लाई गरेर वा ट्राभल एजेन्सीमार्फत जान पाउने व्यवस्था छ । तर हिजो पक्राउ परेका अधिकांशले म्यानपावर कम्पनीबाट भिजिट भिसा मिलाएर गएको पाइएको छ ।
‘उनीहरूले ३ लाख रुपैयाँसम्म तिरेर आएको बताएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘अधिकांश म्यानपावरबाट आएको देखिन्छ ।’
प्रहरीका अनुसार म्यानपावर कम्पनी, अध्यागमन विभागका केही कर्मचारी र एयरलाइन्स कम्पनीहरूको मिलेमतोमा भिजिट भिसामा पठाउने गरेको पाइएको छ ।


