जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु -
Comments Add Comment

जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु

५ माघ , काठमाडौ । जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० लालिगुराँस चोकमा बिहीबार बिहान आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds