Comments Add Comment

Advertisment

SKIP THIS

‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता विजेताले २५ हजार पाउने

काठमाडौं ,आगामी पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडिओ प्रतियोगिता आह्वान गरेको छ।

निर्माता रमेश एमके पौडेल निर्देशित फिल्मले तिहारमा सार्वजनिक गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडिओ प्रतियोगिता घोषणा गरेको हो।                                                                       

उक्त गीतले युट्युबमा सार्वजनिक भएको ७ दिनमा ११ लाखभन्दा बढी भ्युज पाएको छ।

प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा रुमालै बाटेर, तिम्रो मेरो साथ र रमेश एमके पौडेल गरी तीन वटा ह्यासट्याग प्रयोग गरेर भिडिओ बनाउनुपर्नेछ। यी ह्यासट्यागको प्रयोग गरेर भिडिओलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ।                                                                                     

यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ।

यो प्रतियोगिता फिल्मका अन्य गीत सार्वजनिक भएसँगै क्रमशः लागु हुनेछ। फिल्ममा कुल तीन वटा गीत रहेका छन्।

‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द बि पाण्डेले लेखेका हुन्। यस्तै गीतमा मेलिना राई र जगदिश समालको स्वर रहेको छ।

फिल्ममा साम्राज्ञी र पुष्पसँगै सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा सबिर श्रेष्ठ र बाबुराम निरौलाले तयार पारेका हुन्।

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पासाङ लामा हुन् भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सह-निर्माताका रूपमा रहेका छन्।

यसैगरी सविर श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्। यो फिल्म पुस २९ गतेदेखि प्रदर्शन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै