
०८ बैशाख , एजेन्सी । युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव गरेको छ । युक्रेनी सहर मरिपोलमा रुसले आक्रमणलाई तीव्र पारेको छ ।
यही बेला युक्रेनले मध्यस्थकर्तामार्फत रुसलाई वार्ताको प्रस्ताव पठाएको बीबीसीमा उल्लेख छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई सहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाइएको बताए । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन ।
युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्वीट गरेका छन् । रुसले मरिपोल नियन्त्रण गरे त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी सहर हुनेछ । मरिपोल मस्कोका लागि विभिन्न कारणले महत्वपूर्ण मानिएको छ ।