Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीको देवदहमा दम्पती मृत अवस्थामा फेला

२१ कात्तिक, काठमाडौं । रुपन्देहीको देवदहमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् ।

कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको हो । हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए ।

बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै