के थियो यो संसारमा
के थियो यो संसारमा के पो रहन्छ ।।
सबै कुरा यहि छोडेर जानु पर्ने छ
यो समाजलाइ केहि गर्नु छ ।।
परोपकार गरि सबैको मन मनमा बस्नु छ
म यो संसारमा नहुदा पनि मेरै चर्चा होस ।।
यो जगतमा मेरो चर्चा भईरहोस
मेरो मनबाट यहि कुरा चाहन्छु ।।।
म के थिए र के रहन्छु
सबैको माया लिएर जानेछु
मैले सबैको भलो होस भन्ने चाहन्छु ।।
मैले पनि यो संसारलाई शन्देश दिन सकु
मैले सधै यहि चाहन्छु ।।
म खरानि भएपछि पनि यो संसारले मेरो सम्झना गरोस
गाउँ बस्ति सबै ठाउँमा मेरै चर्चा चलोस ।।







