Comments Add Comment

Advertisment

SKIP THIS

६६ औं प्रहरी दिवसको अवसरमा राहत वितरण तथा नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न

१९ असोज , काठमाडौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराद्वारा वात्सायायन वृद्दाश्रम, पोखरा-१४ बाच्छी बुडुवामा राहत वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी अस्पतालको तर्फबाट आश्रममा रहेका सबै वृद्दवृद्दाहरुको स्वास्थ्य परिक्षण गरी निस्शुल्क औषधि वितरण गरीएको छ भने श्रीमती संघको तर्फबाट खाद्यन्न सामाग्री, तरकारी तथा फलफुल वितरण गरीएको छ ।

कार्यक्रममा बोल्दै उक्त आश्रमका अध्यक्ष बोधराज कार्कीले प्रहरी दिवसको अवसरमा गरीएको सहयोगका लागी गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ र गण्डकी प्रदेश प्रहरी अस्पताल,पोखरा प्रति आभार प्रकट गर्नुभयो भने आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै