Comments Add Comment

Advertisment

SKIP THIS

अल्का अस्पतालद्वारा मधुमेहका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

२८ कात्तिक , काठमाडौ । अल्का अस्पताल प्रालिले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । एचबिएवान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निःशुल्क परीक्षण गरिएको उनले जानकारी दिए ।

मधुमेहका विरामीहरूलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए । निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ । त्यस्तै अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा विहान जनचेतनामुलक र्याली पनि निकालेको थियो।

अस्पताल परिसरबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ अस्पताल प्राङगणमा पुगेर टुंगिएको थियो। र्यालीमा अस्पतालका अध्यक्ष कुमार थापा, संचालक रामेश्वर थापा, कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा लगायतकाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment