०७ फाल्गुन , काठमाडौं । सुनसरीको धरान उप-महानगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का २८ बर्षीय सुवास राई रहेका छन ।

हिजो राती ११ बजे लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटि गएको प्रहरी टोलीले राईको सुत्ने कोठामा खानतासी गर्दा स्पासपेन-७४२ ट्यावलेट, ट्रमाडोल-७१४ क्यापसुल र टापेन-४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको हो ।
निषेधित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्याल धरानबाट थप अनुसन्धान भई रहेको छ ।


