Comments Add Comment

Advertisment

SKIP THIS

चिर्पट प्रहार गरी हत्या , एक जना पक्राउ

३० कार्तिक , काठमाडौँ । चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोरङकाे बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

आपसी वादविवाद हुँदा राजेशले साेहि गाउँपालिका–५ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच विवाद हुँदा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment