Comments Add Comment

Advertisment

SKIP THIS

एनजिओले छान्यो उत्कृष्ट प्रहरी , ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ अवार्ड प्रदान

२९ कार्तिक , काठमाडौं । गत ३१ असोजमा आयोजित प्रहरी दिवसमा देशभरीका उत्कृष्ट प्रहरीहरू सम्मानित भए । प्रहरीका विभिन्न टिमले गरेको मुल्याङकन सिफारिसअनुसार सम्मान गरिएको थियो ।

तर, एक एनजिओले भने प्रहरीको यस्तो मूल्याङकन प्रणालीलाई चुनौती दिदै त्यसबेला सम्मानित भएका भन्दा अर्कै प्रहरी उत्कृष्ट भएको विवरण सार्वजनिक गरेको छ ।

अकाउन्टिबिलिटी ल्याब नामक एक एनजिओले प्रहरी र निजामतीमा उत्कृष्ट कर्मचारी छानेर हालै पुरस्कृत गरेको छ । जबकी, सरकारले सो संस्थालाई यस्तो अनुमतिसमेत दिएको थिएन ।

सो संस्थाले सीमा प्रशासन कार्यालय नाम्चेकी शाखा अधिकृत सुजनकुमारी बर्देवा, सडक विभागकी इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी हवल्दार राजेश साह जयसवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनीदेवी कार्कीलाई उत्कृष्ट जनसेवककोरुपमा ‘इन्टेग्रिटी आइकन नेपाल–२०२२’ अवार्ड प्रदान गरेको हो ।

अमेरिकी सहयोगमा सञ्चालन हुँदै आएको सो एनजिओको यस कार्यक्रम विगतमा पनि विवादमा पर्दै आएको छ । सरकारको सहमति बिनै केही कर्मचारीसँग मिलेर उसले यस्तो अवार्ड दिदै आएको छ । विगतमा निजामती कर्मचारीमात्र यस्तो पुरस्कार दिने गरिएकोमा यसपटक प्रहरीलाई पनि छानिएको छ ।

पुरस्कृत कर्मचारीको योगदानप्रति विवाद छैन । तर, एउटा देशको आर्थिक सहयोगमा चल्दै आएको एनजिओले अर्काे देशमा गएर उत्कृष्ट कर्मचारी छानेर पुरस्कृत गर्ने प्रवृत्ती नै गलत भएको आरोप लाग्दै आएको छ ।

खासगरी प्रशासनमा अमेरिकाको प्रभाव बढाउने गरी सो संस्थाले यस्तो अवार्ड गर्दैै आएको उच्च स्रोत बताउँछ । प्रहरीमा समेत यो वर्षदेखि यसरी एनजिओले उत्कृष्ट प्रहरी छान्न थालेपछि यसलाई अनौठो मानिएको छ । अर्काेतर्फ नेपालमा सञ्चालित एनजिओले के गर्न पाउने र के नपाउने भन्ने विषयमा समेत समाज कल्याण परिषद् सजग हुुनु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै