
२० असोज , काठमाडौ । ६६ औं प्रहरी दिवस २०७८ को सु-अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्राङ्गणमा यस कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाज्यू को प्रमुख आतिथ्यतामा पुर्व प्रहरी कर्मचारीहरु, अमर तथा अशक्त प्रहरी परिवारका प्रतिनिधिहरु, यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको समुपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।


राष्ट्रिय गानबाट शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि ज्यूबाट अमर प्रहरी स्मारकमा रेथ चढाई शोक सलामी अर्पण गर्नु भएकोमा अमर प्रहरी परिवार, पुर्व प्रहरी कर्मचारीहरु र उपस्थित सम्पुर्णबाट विर शहिद प्र.क.हरुमा श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो भने प्रमुख अतिथि ज्यूले स्वागत मन्तब्य राख्नुभई संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको शुभकामना सन्देश सम्पुर्णमा बाचन समेत गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक हरि खतिवडा ज्यूबाट अमर प्रहरी कर्मचारीहरुको परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने पुर्व प्रहरी संगठनका प्रतिनिधि लगाएतको उपस्थितीमा ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा यस कार्यालयमा आयोजित टेबल टेनिस (सिंगलरडबल), ब्याडमिन्टन (डबल), भलिबल जस्ता बिभिन्न खेलकुद गतिविधिहरुमा प्रथम, द्धितिय र तृतिय हुने प्रहरी कर्मचारीहरुलाई मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो र उत्कृष्ट कार्य गर्ने ७ जना प्रहरी कर्मचारीहरु प्रहरी नायब निरिक्षक सन्तोष बाँनिया, प्रहरी साहयक निरिक्षक रुपक थापा, प्रहरी ह. सुभद्रा घलान, प्रहरी ह. मान बहादुर पुलामी, प्रहरी ज. लहबर प्रसाद यादव, प्रहरी ज. कबिराज आचार्य र प्र.ज. मिठाराम बजगाई समेतलाई प्रहरी दिवसको अवसरमा नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो ।

अन्त्यमा ६६ औं प्रहरी दिवसको सु-अवसरमा यस कार्यालयको निमन्त्रणालाई स्विकार गरी कार्यक्रमको गरिमा बढाउन पाल्नु भएका सम्पूर्ण आगन्तुक अतिथि वर्ग धन्यवाद ज्ञापन गर्नु भई यस कार्यालयका प्र।नि। अनिश बुढाथोकी ज्यूले नजिकीदै गरेको नेपालीहरुको महान चाडपर्व दशै तिहार एवं छठ पर्वको शुभकामना व्यक्त गरी आयोजित बिषेश कार्यक्रमलाई समापन गर्नु भएको थियो ।




