२ मंसिर , काठमाडौँ । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै शुक्रबार बिहान बमजस्तो देखिने वस्तु भेटिएको थियो । तार जोडिएको प्रेसर कुकरमा ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको र नेपाली सेनाको निष्कृय पारिसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहले राखेको प्रहरीको निष्कर्ष छ । यसअघि गृहमन्त्रालयले नेक्रविक्रम चन्द विप्लवसहितका साना–ठूला २५ समूह निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका थिए ।



