Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

२ मंसिर , काठमाडौँ । पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ ।

गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप तथा नगद दुई लाख ५० हजारसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरेको नक्कली मतपत्र तथा स्वस्तिक छाप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेको छ । र, यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment