४ मंसिर , काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका-७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।



