Comments Add Comment

Advertisment

SKIP THIS

क्यामरुनमा पहिरोमा परी १४ जनाको मृत्यु

१२ मंसिर , काठमााडौं । अफ्रिकी मुलुक क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ ।

सोमबार त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् ।

सो क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । मुत्यु संस्कारका क्रममा जम्मा भएका मानिसहरुलाई पहिरोले पुरेको बताइएको छ ।

त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment