Comments Add Comment

Advertisment

SKIP THIS

प्रभु बैंक र उद्यम नेपालबीच सम्झौता

१४ मंसिर , काठमाडौँ । प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तर्गतको सहयोगसम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ । सम्झौतापत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरलाई प्रोत्साहन गर्न विशेषगरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

उक्त लक्ष्य हासिल गर्न युएसआइडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीको सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको सञ्चालन तथा नयाँ–नयाँ विधि, प्रविधि, स्रोत तथा साधनको प्रयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment