Comments Add Comment

मञ्जु पोखरेल भईन मनोज गुजरेलको धर्मपत्नी

२५ असोज ,काठमाडौ । हाँस्यकलाकार मनोज गुजरेलले विवाह गरेका छन् ।

गजुरेलले सोमबार (आज) आफ्नो आधिकारिक फेसबूकमार्फत आफूले विवाह गरेको बताएका हुन् ।उनले केही तस्बिरसहित विवाह बन्धनमा बाँधिएको बताएका छन् ।

गजुरेलले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । उनी नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । गजुरेलको यो दोस्रो विवाह हो । उनले पहिलो विवाह मीना ढकालसँग गरेका थिए । मीना–मनोजका एक छोरा र एक छोरी छन् । मीना–मनोजले यसअघि नै सल्लाहमै सम्बन्धविच्छेद गरेका थिए । यसपछि मनोजले विवाह गर्ने बताउँदै आएका थिए । मनोज गजुरेलले आफ्नो आधिकारिक फेसबूकमार्फत यस्तो पोस्ट गरेका छन्

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !

जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।

‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै