Comments Add Comment

Advertisment

SKIP THIS

टर्कीको इस्तानबुलमा बस र ट्राम ठोक्किँदा ३३ जना घाइते

१९ मंसिर , काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बस र ट्राम ठोक्किँदा ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम एक आपसमा ठोक्किएका हुन् ।

डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो ।

घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्धारका निम्ति पुगेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बस र ट्राम दुबै यात्रुहरूले भरिएका थिए ।

दुर्घटनाले बसमा ठूलो क्षति पुगेको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको जनाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै