Comments Add Comment

Advertisment

SKIP THIS

बाउ विदेशमा आमा पहाड गएको अवस्थामा छिमेकीद्वारा इटहरीमा १२ वर्षीया बालिका बलात्कृत

२१ मंसिर , काठमाडौँ । इटहरीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले मंसिर १८ गते आइतबार साँझ करीब ६ बजे बाख्रा खोरमा थुन्ने क्रममा छिमेकीद्वारा बालिका बलात्कृत भएकी स्थानियहरूले बताएका छन् ।

परिवारका अनुसार स्थानीय ५५ वर्षीय खेमराज गिरीले बालिकाबाे बाउ विदेशमा आमा पहाड गएको अवस्थामा कोही नभएको मौका छाेपी घरको कोठाभित्रै आएर चुकुल लगाई बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । एक स्थानीयका अनुसार “कोठाभित्र पबालिका चिच्याइरहेको सुन्यौँ ” त्यसपछि सबै मानिस भेला हुँदा ती व्यक्तिलाई घर कोठाबाहिरै फेला पारेर प्रहरीलाई जिम्मा लगायाै। गिरीमाथि सुनसरी जिल्ला अदालतबाट प्रहरीले १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै