Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं परिसरमा मुद्दा हेर्ने एसपी किन आवश्यक ?

६ कार्तिक , काठमाडौ । गत असोजको पहिलो साता अपहरणको आरोप लागेका व्यक्ति अदालतको आदेशबाट रिहा भए । ती व्यक्ति रिहा हुनुको कारण थियो, अनुसन्धानमा प्रहरीको कमजोरी ।

सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको थियो । बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराज रावललार्य अपहरण गरेको थियो ।

यतिबेला भने प्रहरीलाई फसाद पर्यो । किनभने बुढाथोकीको बयानमा नै भर परेको प्रहरीले उनको नागरिकता, मतदाता परिचयपत्र, ड्राइभिङ लाइसेन्स लगायतका उनी नेपाली भएको र अपहरणमा संलग्न भएको पुष्टि गर्ने कागजात खोजेको थिएन ।

त्यही घटनामा अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयले एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति गरेको थियो । उक्त समितिले प्रतिवेदन बुझाउँदै सो घटनामा मनसाय नभए पनि प्रहरीको कमजोर अनुसन्धानले बुढाथोकीले सफाइ पाएको निष्कर्ष निकालेको छ ।

एसएसपीको नेतृत्व रहने काठमाडौं परिसरमा एसपीको एक दरबन्दी छ । जो बढी अप्रेसनमा खटिने गर्दछन् । परिसर र मातहतका वृत्तको मुद्दाको अनुगमन,निरीक्षण र निर्देशन दिने काममा मात्र खटिने गरी अर्का एक एसपी राख्न सुझाब दिइएको एसएसपी सिंहले बताए ।

मुद्दा शाखामा सिनियर अधिकृतको संख्या बढाएर उनीहरूलाई जिम्मेवार बनाउन भनिएको छ ।

यस्तो थियो घटना

बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरेको अभियोग छ । यस घटनामा दोषी साबित भई उक्त समूहका केही व्यक्ति कैद सजाय भुक्तान गर्दै छन् भने केहीलाई सरकारले चालचालन सुधार भएको भन्दै कैद छुट दिएपछि रिहा भएका छन् ।

तर, घटनापछि बुढाथोकी भने फरार थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले १४ पुस २०७७ मा पक्राउ गरेको थियो । बुढाथोकीलाई प्रहरीले इलामको पशुपतिनगरस्थित भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जनाएको थियो ।

प्रहरीले बुढाथोकीलाई पक्राउ गर्दा उनको साथबाट प्रकाश क्षेत्रको नाममा जारी भएको भारतको रासन कार्ड फेला परेको थियो । दार्जिलिङमा ‘प्रकाश स्टोर’ नामको कपडाको होलसेल चलाएर बस्दै आएको पनि अनुसन्धानको क्रममा खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै