२० मंसिर , काठमाडौ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र बालाजु बोहराटारको आयोजनामा बुधबार जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम बमोजिम ”लैङिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत यस उक्त कार्यक्रम भएको हो। कार्यक्रममा लैंङिक हिंसा नियन्त्रण सञ्जाल, आठमार्च शसक्तीकरण महिला नौमती बाजा समुह, समृद्धि कलेज, विभुती विद्या मन्दिर तथा विभिन्न संघ संस्था एंव महिला समुहको सहकार्यमा संचालन गरिएको थियो।
जनचेतना मूलक र्याली कार्यक्रममा महिला नौमती बाजागाजा सहित काठमाडौं महानगर वडा नं. १६ वनस्थली चोकबाट सुरुवात भई बालाजु चोक हुँदै बालाजु बाइसधारा पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
सामुदायिक सेवा केन्द्र बोहराटारका अध्यक्ष शिव कुमार बोहराको सभापतित्व र जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्र.व.उ. भरत बहादुर बोहराको प्रमुख आतिथ्यतामा क्रायक्रम भएको हो । कार्यक्रममा कामनपा वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजाल र कार्यालयका कार्यालय प्रमुख विशेष आथित्यता सहित विभिन्न महिला समुहहरु, विद्यार्थीहरु एवं प्रहरीहरु समेतको सहभागितामा जनचेतना मूलक र्याली समापन गरिएको छ।








