Comments Add Comment

Advertisment

SKIP THIS

ग्रीन सिटी अस्पतालले कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा

२९ वैशाख, काठमाडौँ । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले अक्सिजन अभावमा कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ ।

अस्पतलले बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै अस्पतालले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानन्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको हो ।

हाल आईसीयूमा १० र हाई केयर युनिटमा ३० जना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहेपनि व्यवस्थापनमा निकै कठिनाइ भइरहेको अस्पतालको भनाइ छ ।

अहिलेको विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा आएको समस्याले गर्दा अक्सिजन मौज्दात केही घण्टाभन्दा बढीका लागि नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुने सक्ने अस्पतालले बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै