Comments Add Comment

Advertisment

SKIP THIS

जिप दुर्घटना हुँदा चालकको मृत्यु

२३ मंसिर , काठडमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आज बिहान पाटन नगरपालिका-१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो ।

सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment