२ पुष , काठमाडौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लीगले तारकेश्वर घटनाको छानबिन गरि दोषी उपर कारबाही गर्न माग गरेको छ ।

हिजो दिउसो एक विज्ञप्ती निकाल्दै तारकेश्वर नगरपालिकास्थित चिसापानीका स्थानीय सविन फुयाँलको मत्यु बारे सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । उक्त संगठनले ट्रिपरले ठक्कर दिएको भनिए पनि उनको मृत्यु रहस्यमय तरिकाले भएको र यसका टिप्पर चालक दोषी रहेको पनि दाबी गरेको छ ।
एक हप्ता अगाडी आइतबार राती करिब १० बजे चिसापानी पेट्रोलपम्प नजिक मोटरसाइकलमा सवार २३ वर्षीय फुयाँल ट्रिपरको ठक्करबाट गम्भीर घाइते भई हत्या भएको पोर्टमाटम रिर्पोटले बताएको छ । स्थानीयका अनुसार दुर्घटना सडकमा भएको भएपनि फुयाँल सडकभन्दा निकै पर रहेको बालुवाको थुप्रोमा छट्पट्याइरहेका भेटिएका थिए ।
उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएकाले दुर्घटना मात्रै मृत्यु कारण नभएको स्थानीयको आशंका थियो । प्रहरीले पनि घटनास्थलबाट रगतको टाटो भएको साबेल समेत बरामद गरेको थियो । यो घटना नभई हत्या हो भन्ने पोर्टमाटम रिर्पोटले बताए पनि अझ प्रहरीले छानबिन प्रकिया गरिरहेको जानकारी आएको छ ।











