Comments Add Comment

Advertisment

SKIP THIS

अस्पतालको बेडबाटै बिरामीको बिहे!

३ पुष , काठमाडौं । अस्पताल भन्नेवित्तिकै बिरामीको उपचार गर्ने ठाउँ भनेर चिनिन्छ। उपचार हुने बेडमै बिरामीको विवाह भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ।तर धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा उपचार गराइरहेका एक युवकले बेडबाटै विवाह गरेका छन्।

‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरेर अस्पताल बसेका नवीन गिरी र जर्मन नागरिक इंकाबीच अस्पतालमै विवाह भएको हो। गत मंसिर २७मा नवीन र इंकाबीच चन्द्रागिरिमा विवाह तय भएको थियो। तर विवाहको अघिल्लो रात एक्कासि पेट दुखेपछि नविन ह्याम्समा भर्ना भए। उनलाई एपेन्डिसाइटिस भएपछि निर्धारित साइतमा विवाह हुन नसक्ने अवस्था आयो। ​ह्याम्स अस्पतालका वरिष्ठ सर्जन डा. अनुज पराजुली लगायतको टिमले अत्याधुनिक ‘ल्याप्रोस्कोपिक’ विधि बाट उनको शल्यक्रिया गरे ।

एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने बित्तिकै विवाह गर्न जोखिम हुने र विवाहको मिति सार्दा माघ महिनामा मात्र हुने साइत जुर्‍यो। तर इंकाका बुबाआमा र आफन्त पनि चाँडै जर्मनी फर्किनुपर्ने थियो। त्यसैले सीमित आफन्त, चिकित्सक र नर्सको उपस्थितिबीच अस्पतालको बेडमै नविन र इंकाले विवाहको विधि पूरा गरे। ​वरिष्ठ चिकित्सक तथा अत्याधुनिक प्रविधिको मद्दतले दुखाइ कम हुनुका साथै शल्यक्रियापश्चात चाँडै स्वास्थ्यलाभ भएकाले शल्यक्रिया भएको अर्को दिन अस्पतालको बेडबाट विवाह गर्न सहज भएको थियो।नविन शल्यक्रिया भएको तेस्रो दिन अस्पताल बाट डिस्चार्ज भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै