Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ महानगरबाट लागुऔषधसहित ३ जना पक्राउ

११ कार्तिक , काठमाडौ । काठमाडौँ महानगर-३२ नरेफाटबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएका १९ वर्षीय युवराज स्याङ्बो, २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी छन् ।

उनीहरुलाई नरेफाटस्थित धमला दूध डेरी नजिकै सडकमा लागुऔषध विक्रीवितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले न्युज ग्यालेक्सीलाई जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ३ किलो ४७० ग्राम चरेश, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै